२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पाल्पामा निकालियो हावाबाट बिजुली, हावादारी गफ भन्ने परे जिल्ल !

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा सञ्चालित हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी देखिएको छ । सुरुमा कुरा सुन्दा हावादारी जस्तो लागे पनि अहिले बिजुली झलल बल्दा टुकीको भरमा बस्नुभन्दा यही ठिक भएको स्थानीयले बताएका छन् । बाह्रै महिना निरन्तर हावा चलिरहने मित्यालमा एक हजार २०० वाट विद्युत् उत्पादन गरेर वडा कार्यालय, स्वास्थ्यचौकी र रुक्से भन्ज्याङ…