काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्यता बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालीका कारण देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको र दिनभरजस्तो यस्तै रहने मौसमविद सुवास रिमालले बताएका छन् । बिस्तारै पश्चिमी न्यून चापिय प्रणाली भित्रएकाले केही दिनको मौसम यस्तै रहने उनको भनाई…