रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताउनुभएको छ । प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले बुधबार बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारसक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताउनुभयो । “राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन”…