काठमाडौं ।श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकले अग्रता लिएका छन् । सुरुमा हुलाकबाट पठाइएका मतपत्रहरूको गणना गरेर शनिबार मतदानका क्रममा खसाइएका मतपत्रहरूको गणना गरिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि गएरातिदेखि कर्फ्यु लगाइएको छ । त्यसलाई आइतवारसम्म कायम…