काठमाडौँ ।प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका ७५३ वटै पालिकामा सरकारविरुद्ध खबरदारीसभा आयोजना गर्ने घोषणा गरेका छन्। शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित वाईसीएलको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यसबारे पर्सी बैठक बसेर निर्णय गरिने समेत जानकारी दिए। ‘अब अर्को एउटा मेची महाकाली अभियान चलाउँदै छु,पर्सी हामी बैठक बसेर ७५३ वटै पालिकामा खबरदारीसभा…