२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

चुनावपछि पनि गठबन्धन कायमै रहन्छः शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन बिना सरकार बन्न नसक्ने भएकोले गठबन्धन गरिएको बताएका छन् ।विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले रेलको लिकबाट बाहिर गएको संविधानलाई ठिक ट्र्याकमा ल्याउन गठबन्धन गरिएको र चुनावपछि पनि गठबन्धन कायम रहने बताए ।