१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

पोखरामा प्रदर्शन गर्ने प्रत्येक व्यक्ति कसुरदार हुन् : एमाले

काठमाडौँ ।सत्ता नेतृत्व दल नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका संस्था र व्यक्तिहरूका तर्फबाट भइरहेको आवान्छित गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । एमालेले बिहीबार एक विज्ञप्तिमार्फत राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको उल्लेख गरेको छ।…