७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

एमालेले घोषणा गर्‍यो कीर्तिपुरको मेयर उम्मेदवार



काठमाडौं ।

नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको हो।

२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी कीर्तिपुर नगरपालिका मेयर निर्वाचित भएका थिए। गत साउन महिनामा उनको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो।

यसअघि राप्रपाले इन्जिनियर ध्रुब महर्जनलाई उक्त पदमा उम्मेदवारी घोषणा गरिसकेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८१ शुक्रबार ००:००  ७ : ०७ बजे