काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूका बीचमा पार्टी एकताको विषयमा छलफल भएको बताउनुभएको छ । भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै त्यो एकता सत्तारूढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट पार्नुभयो…