काठमाडौं ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो पारेर महागठबन्धन गर्ने कोसिस भइरहेको बताएका छन् । पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस युनियनको महाधिवेशन उद्घाटन शत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रभित्र कम्युनिस्ट एकता भन्नेहरु छन्,एकीकृत समाजवादीभित्र पनि त्यस्तै भनिरहेका छन्, अन्तर्राष्ट्रिय शक्तिले पनि नेपाली कांग्रेसलाई एक्लो पारेर महागठबन्धन गर्ने कोसिस गरिरहेका छन्, यो प्रजातान्त्रिक आन्दोलन कमजोर पार्ने कोसिस हो । उनले सहमति, सहकार्य र एकताको बाटो बीपी कोइरालकै भएकाले त्यही मूल बाटोमा कांग्रेसलाई हिँडाइरहेको उल्लेख गरेका छन् ।
आफ्नै पार्टीका गठबन्धनविरोधी नेताहरुतर्फ इंगित गर्दै उनले भने कम्युनिस्टसँग मिल्न हुँदैन भनेर मानिसहरुले प्रचार गर्छन्, बीपीले एकता भनेको नेपालको राष्ट्रियता बलियो बनाउन एकता हो, नेपाल सुदृढ गर्न एकता भनिएको हो, नेपालका राष्ट्रिय शक्ति एक भए भने स्थिरता कायम रहन्छ, त्यसैले गठबन्धन गरिरहेका छौं ।
गठबन्धनको खिलापमा प्रचार भइएरहेको बताउँदै नेता पौडेलले आजको आवश्यकता नै गठबन्धन रहेको दाबी गरेका छन् । उनले स्थिरता, शुसासन, सामाजिक न्याय र विश्वासका लागि गठबन्धन जरुरी भएको दोहोर्याएका छन् । कम्युनिस्टले देश चलाउन नसक्ने भन्दै उनले गठबन्धने चुनावसम्मै आवश्यक रहेको बताएका छन् ।







प्रतिक्रिया