दाङ ।लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध भएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयताविरोधी बजेट ल्याएको भन्दै विरोध जनाएपछि शुक्रबार संसद् बैठक अवरुद्ध भएको हो। बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखिसकेपछि कांग्रेसले सदन अवरुद्ध गरेको हो। दलका नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदले बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन्। चौधरीले…