धादिङ ।नेकपा (एकिकृत समाजवादी) पार्टीले जिल्ला कमिटि धादिङको कार्यालय संचालनमा ल्याएको छ । सदरमुकाम धादिङबेसीस्थित पुछारबजारमा स्थापना गरिएको पार्टी कार्यालय सोमबारबाट औपचारिक रुपमा संचालनमा ल्याएको हो । पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एस) का केन्द्रिय सदस्य एंव् केन्द्रिय कार्यालय सचिव गंगालाल तुलाधरले केपी ओली नेतृत्वको एमालेमा सुधारको संकेत नदेखिएपछि अर्को पार्टी गठन गर्नुपरेको बताए ।…