१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्रपति भण्डारीद्वारा खड्कालाई मन्त्री पदमा नियुक्त



काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।

परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको बुधबार दिउँसो १ जे शपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ । परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क जाने छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  १२ : २१ बजे