विप्लव नेकपाले फागुनमा महाधिवेशन गर्ने


काठमाडौँ ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन आउँदो फागुनमा हुने भएको छ।

तनहुँको बन्दीपुरमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले ‘जनयुद्ध दिवस’ को सन्दर्भ पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो। त्यसअघि आउँदो मंसिर ८ गते काठमाडौँमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले एमसिसीको विरोधमा रहेका शक्तिहरुसँग सहकार्य गरेर एमसिसी खारेज नहुँदासम्म विरोध गरिरहने निर्णयसमेत गरेको छ।
अहिलेको शासन प्रणाली असफल भएको निष्कर्ष निकालेको नेकपाले सबै देशभक्त, प्रगतिशील र कम्युनिष्ट शक्तिलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, जनजीविका, भ्रष्टाचारलगायतका मुद्दामा संघर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस