कास्की । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलाको भावमा सरकार परिवर्तन गरिएको बताउनुभएको छ । मुख्यमन्त्री निवासमा पत्रकारसँग कुरा गर्दै गुरुङले कोरोनाको महामारीमा सत्ता परिवर्तन र केन्द्रीय राजनीति प्रदेशमा केन्द्रित हुनु गलत भएको बताउनुभयो । मुख्यमन्त्री भएपछि केन्द्रमा महत्त्वपूर्ण काममा बाहेक अघिपछि समय दिन नसकिएको भन्दै उहाँले अब पार्टीलाई सङ्कटबाट जोगाउने समय आएको बताउनुभयो…