५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

प्रधानमन्त्री ओलीले सर्वोच्चमा दिए प्रतिनिधि सभा विघटन गर्नुको कारण

काठमाडौ । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन्। प्रतिनिधि सभा विघटनको कारण सोध्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन भनेको थियो। सातौं दिनका दिन प्रधानमन्त्री ओलीले बिहीबार महान्यायाधीवक्ताको कार्यालयमार्फत् जवाफ पठाएका हुन्। महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार राष्ट्रपति कार्यालयले भने अहिलेसम्म…