२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

युवा संघले भन्यो : ओलीले एक पद छाड्नुपर्छ



काठमाडौं ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद छाड्न माग गरेका छन्। मंगलबार वक्तव्य जारी गर्दै अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न आग्रह गरेका हुन्।

पार्टीमा ‘एक व्यक्ति एक पद’ कायम गर्न एक पद छोड्न माग गरिएको वक्तव्यमा उल्लेख छ। ‘एक व्यक्ति, एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौं,’ वक्तव्यमा उल्लेख छ।

अदालतको फैसला अनुसार २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग गरिएको वक्तव्यमा संसद् विघटनको निर्णय गलत भएको स्वीकार्नसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ३ : ३४ बजे