बीबीसी ।नाइजिरियाको उग्रवादी समूह बोको हरामका नेता अबुबकार सेकाउले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडिओ रेकर्डिङमा बताएको छ । समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडिओ रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) ले जनाएको छ । सेकाउ अघिल्लो महिना पनि मारिएका विवरण आएका थिए…