४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मन्त्रिमण्डल पुनर्गठनविरूद्धको सुनुवाइ न्यायाधीश खतिवडाको बेन्चमा



काठमाडौं ।


मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाइ हुँदै छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कन्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद पुनर्गठनको विरुद्ध सर्वोच्चमा दायर गरेको रिटको आज पेशी तोकिएको हो।

आजको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २० गते शुक्रबार जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्षलाई सहभागी गराउँदै मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।

रिटमा संविधानको धारा ७६९३० अन्तर्गतको वर्तमान सरकार कामचलाउ भइसके भन्दै मन्त्रिपरिषद् विस्तारसहितका महत्वपूर्ण काम गर्न नपाउने दाबी गरिएको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८ मंगलबार ००:००  ११ : १० बजे