काठमाडौं ।नेपाली कांग्रेसले सरकारले जनअनुमोदनको आधार गुमाइसकेको दाबी गरेको छ । अनेक छलछाम र प्रपञ्च रचेर प्रतिनिधि सभा विघटन गरेको सरकारले वैधनिकता गुमाइसकेको कांग्रेसको आरोप छ । सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटबारे सोमबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले ‘सरकारले जनअनुमोदनको आधार गुमाएको’ निष्कर्ष निकालेको हो । कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्रीसमेत रहेका…