१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

यी हुन माधव नेपाल पक्षका ९० केन्द्रीय सदस्य (सूचीसहित)



काठमाडौं ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर पुरानै अवस्थामा फर्किन निर्देशन दिएपनि साविक एमाले सक्लो रहने, नरहने अन्यौल बढिरहेको छ ।

अध्यक्ष केपी शर्माले ओलीले गत फाल्गुण २८ मा एकलौटी ढंगबाट नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी खारेज गरेपछि एमालेको विवादले फुटको दिशा समातेको हो ।

माधव नेपाल पक्षले पार्टीलाई ०७५ जेठ २ को स्थितिबाट अगाडी बढाउनुपर्ने अडान राख्दै आएपनि अध्यक्ष ओलीले निर्वाचित पदाधिकारी खारेज गरी तल्ला कमिटीसम्म आफु पक्षिय नेतालाई व्यवस्थापन गरेका छन् । साथै उनले एकलौटी ढंगले महाधिवेशनको मिति पनि तय गरेका छन् ।

साविकको एमाले संसदीय दलमा ओलीको अत्यधिक बहुमत रहे पनि केन्द्रीय कमिटीमा भने नेपालका पक्षमा पनि ओलीकै हाराहारी केन्द्रीय सदस्य छन् ।

एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनितहरूको संख्यालाई आधार मान्दा पार्टी एकताअघि २ सय ५ सदस्यीय थियो । मृत्यु भएका, संवैधानिक तथा विभिन्न नियुक्ति लिएकालाई घटाउँदा केन्द्रीय कमिटीको संख्या १ सय ९५ हाराहारी हुन आउँछ । उपाध्यक्ष वामदेव गौतम र केन्द्रीय सदस्य हरि पराजुलीले तेस्रो धारको नेतृत्व गरिरहेका छन् । ओलीका पक्षमा १ सय ३ जना हुन आउँछन् ।

नेपालका पक्षमा ९० जना केन्द्रीय सदस्य छन् ।

१) झलनाथ खनाल– वरिष्ठ नेता
२) माधव नेपाल– पार्टी नेता
३) युवराज ज्ञवाली– उपाध्यक्ष
४) अष्टलक्ष्मी शाक्य– उपाध्यक्ष
५) भीम रावल– उपाध्यक्ष
६) घनश्याम भुषाल– उपमहासचिव
७) भीम आचार्य– सचिव
८) गोकर्ण विष्ट– सचिव
९) योगेश भट्टराई– सचिव
१०) मुकुन्द न्यौपाने– स्थायी समिति सदस्य
११) सुरेन्द्र पाण्डे– स्थायी समिति सदस्य
१२) अमृत बोहोरा– पदेन स्थायी समिति सदस्य

पोलिटब्युरो सदस्यहरू

१३) अरुण नेपाल
१४) गंगालाल तुलाधर
१५) नागेन्द्र चौधरी
१६) प्रदीप नेपाल
१७) प्रकाश ज्वाला
१८) परशुराम मेघी गुरुङ
१९) पशुपति चौलागाईं
२०) वेदुराम भुषाल
२१) रघुजी पन्त
२२) राजेन्द्रप्रसाद पाण्डे
२३) रामप्रित पासवान
२४) डा. विजय पौडेल
२५) श्रीमाया थकाली

वैकल्पिक पोलिटब्युरो सदस्यहरू

२६) गौरा प्रसाईं कोइराला
२७) जगन्नाथ खतिवडा
२८) तुलबहादुर गुरुङ
२९) भागवत विश्वासी
३०) शत्रुघन महतो

केन्द्रीय कमिटी सदस्यहरू

३१) गरिमा शाह
३२) चुडामणि जंगली
३३) जयन्ती राई
३४) जीवन घिमिरे
३५) जीवनराम श्रेष्ठ
३६) टंक कार्की
३७) ठाकुर गैरे
३८) बलदेव चौधरी
३९) ममता गिरी
४०) यज्ञराज सुनुवार
४१) राजेन्द्रकुमार राई
४२) रामकुमारी झांक्री
४३) लक्ष्मण पौडेल
४४) विजय गुरुङ
४५) विरोध खतिवडा
४६) विश्वनाथ प्याकुरेल
४७) सावित्रा भुषाल
४८) सीता गिरी ओली
४९) सोम पाण्डे
५०) श्रीप्रसाद शाह

२०७१ फागुन १३ गते मनोनित केन्द्रीय सदस्यहरू

५१) केदार न्यौपाने
५२) कल्याणी खड्का
५३) घनेन्द्र बस्नेत
५४) प्रमेश हमाल
५५) रामकुमार ज्ञवाली

२०७३ फागुन २० गते मनोनित केन्द्रीय सदस्यहरू

५६) धर्मनाथ शाह
५७) यदुवंश झा
५८) रामचन्द्र यादव
५९) रविन्द्र बैठा
६०) रामचन्द्र साह तेली
६१) रत्नेश्वर गोइत
६२) हरिनारायण महतो

केन्द्रीय कमिटीका वैकल्पिक सदस्यहरू

६३) कमलजंग राइ दनुवार
६४) कृष्ण खनाल
६५) गणेश पहाडी
६६) दिनेश राई
६७) धर्मराज निरौला
६८) निरा जैरु
६९) प्रकाश शाह
७०) प्रतापलाल श्रेष्ठ
७१) प्रेमल खनाल
७२) माधव अर्याल
७३) मेटमणि चौधरी
७४) रचना खड्का
७५) रविन कोइराला
७६) राजन राई
७७) राजबहादुर बुढा
७८) रामरती देवी राम
७९) शेरबहादुर केसी
८०) सुरेन्द्र मानन्धर
८१) सोम मिश्र
८२) हरिबहादुर राई
८३) हंसराज शाही

मनोनित वैकल्पिक केन्द्रीय सदस्यहरू

८४) खगेन्द्र चुडाल
८५) झपट रवल
८६) डा. देउमान सम्बहाङफे
८७) देवशंकर पौडेल
८८) भाष्कर काफ्ले

२०७३ फागुन २० गते मनोनित

८९) सुधीर शाह
९०) सरला यादव

प्रकाशित मिति : २० जेष्ठ २०७८ बिहिबार ००:००  ८ : १७ बजे