११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

ओली पक्षिय स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मलाई स्थगित



काठमाडौं ।
नेकपा एमालेको ओली पक्षिय स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला बुधवारको बैठक बिहीबारसम्मलाई स्थगित भएको थियो ।

आजै माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको कार्यालय सचिव शेरवहादुर तामाङे पुष्टि गरे ।

बैठक आज अपरान्ह ४ बजे बस्ने भनिएको थियो । आजै एमालेले पार्टीले कारवाही गरिसकेका व्यक्तिले बोलाएको अनधिकृत बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८ बिहिबार ००:००  २ : ३९ बजे