काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाटै संविधान र लोकतन्त्रमाथि हमला भएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीका गैर-लोकतान्त्रिक र संविधान विरोधी सिफारिसलाई राष्ट्रपतिले साथ दिएको भन्दै उहाँबाटै संविधान जोखिममा परेको निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका क्रियाकलापको भर्त्सना पनि भएको सह-महामन्त्री प्रकाशशरण महतले…