काठमाडौँ । सांसदहरुको हस्ताक्षर संकलन कार्य जारी रहेकाले विपक्षी गठबन्धन संसद विघटनविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालत जाने भएको छ। नेकपा एमालेकी सांसद सरला यादवका अनुसार केही सांसदहरु आउनेक्रम जारी रहेकाले भोली मात्रै संसद पुनःस्थापनाको मागसहित रिट हाल्न सर्वोच्च जाने निर्णय भएको हो। उनले नेकपा एमालेका तर्फबाट हालसम्म २० जना सांसदले रिटका लागि हस्ताक्षर गरिसकेको बताइन्।…