१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

संसद् अधिवेशन जेठ ९ मा आह्वान गर्ने निर्णय



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुहुने भएको छ ।

३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई उहाँले धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुहुने भएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्नेसमेत निर्णय गरेको छ । संसदको अधिवेशन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ६ : २२ बजे