काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्रीलाई प्रतिगमनका लागि पश्चाताप गर्दै संसद्मा आउन आह्वान गरेको छ । संसद् पुनःस्थापनापछि प्रतिनिधिसभामा पहिलोपटक राखिएको दलीय आधारमा बोल्ने क्रममा शुक्रबार माओवादी केन्द्रकी सांसद पम्फा भुसालले राजनीतिक समस्याको समाधान संसद्भित्रैबाट खोजी गर्न आग्रह गरिन् । “समस्याको समाधान संसद्भित्रै खोजौँ, कुनै दरबारमा सहमतिको खोजी गर्नतर्फ नलागौँ,” राष्ट्रपति निवासको सर्वदलीय…