काठमाडौँ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्ली गएका छन् । खनाल शुक्रबार बिहान नेपाल वायु सेवा निगमको जहाजमा दिल्ली गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । रिजालका अनुसार खनाल नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका हुन् । खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट…