काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्ड-नेपाल समूहका अन्य नेता पनि सहभागी थिए । भेटवार्तामा नेता गौतमले आफू संसद विघटनको विपक्षमा रहेको बताउनुभएको खुमलटार स्रोतले जनाएको छ । गौतमले अझै पनि पार्टी एकताको पक्षमा आफू रहेको जानकारी गराउनुभएको…