काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने कदमप्रति औपचारिक प्रतिक्रिया दिँदै चीनले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफू सुसूचित रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजानले भनेका छन्, ‘मित्र र नजिकको छिमेकीको हिसाबले हामी के विश्वास गछौं भने राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थ र विग पिक्चरलाई ध्यानमा राख्नेछन्, आपसी भिन्नताहरु…