काठमाडौं ।पार्टीमा अल्पमतमा रहेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिनभरि राजनीतिक भेटघाटमा व्यस्त रहे । स्थायी कमिटी बैठकमा आफू विरुद्ध कदम चाल्न सक्ने सुईको पाएका ओलीले नेताहरूलाई आफूतिर तान्ने र त्यो नमाने तर्साउने रणनीति एकसाथ जारी राखेका छन् । उनको शनिबारको राजनीतिक भेटघाटका मूलतः तीन उद्देश्य देखिन्छ, १. वामदेवलाई अध्यादेशको कार्ड फालेर…