काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीले आज क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाएको छ।कोरोनाभाइरस महामारीबीच क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएको हो। ‘सचिव विष्णुप्रसाद भुसालले आज केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यको विवरण बुझाउनु भयो,’ सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ले भने। पार्टी केन्द्रीय कार्यालयको निर्देशनअनुसार क्रियाशीलको विवरण बुझाउने अर्घाखाँची कांग्रेस पहिलो हो। अरू ७३ जिल्लामा…