काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अग्रगमनको मुख्य बाध्यक ओली–प्रवृत्ति भएको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले व्यक्तिका रूपमा प्रधानमन्त्री ओली आफूलाई पनि ज्यादै मनपर्ने मान्छे भएको तर ओली–प्रवृत्ति देशका लागि निकै खराब भएको टिप्पणी गरेका हुन् । ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो । व्यक्तिका…