चितवन । लकडाउन उल्लंघन गर्ने प्रदेश सांसदलाई प्रहरीले फर्काइदिएको छ । प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले शुक्रबार बिहान फर्काइदिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले नारायणी पुलबाट कनौडियालाई फर्काइदिएको जानकारी दिए । प्रशासनका अनुसार, कनौडिया सवारी अनुमतिपत्र नलिई आएका थिए । उनलाई सम्झाएर पठाएको सिम्खडाले बताए । लकडाउनलाई…