काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति वर्तमान ओली सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको विप्लव समूहको निष्कर्ष छ । भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट भएको…