काठमाडौं । सरकारले वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्ने भएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ । कृषि मन्त्री घनश्याम भुसालका अनुसार लकडाउनको स्वरुप फेर्ने गरी आन्तरिक गृहकार्य अघि बढाउनेबारे मन्त्रिपरिषद्मा चर्चा भएको छ । भुसालका अनुसार लकडाउनकै कारण कोरोनाको जोखिम बढ्न नपाएको निचोडसहित…