काठमाडौँ । युरोप भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशस्त सम्भावना रहेको नेपालमा लगानी गर्न फ्रान्सका उद्यमी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बुधबार साँझ लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुगेका उनले फ्रान्स विजनेस कमिटिद्वारा आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेपालमा लगानीका लागि वातावरण रहेको र त्यसलाई नगुमाउन त्यहाँका उद्यमी तथा व्यवसायीलाई आग्रह गरेका हुन्।…