३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

समाज प्रधानमन्त्रीले रोपे एभोकाडोको विरुवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकाडोको विरुवा रोपेका छन्। विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले बुधबार योजना आयोग परिसरमा फलफूलका विरुवा रोपेका हुन्। सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गत वर्षदेखि सुरु गरेको हो। यही कार्यक्रमको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीले एभोकाडोको विरुवा रोपेका हुन्।