काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई अस्पतालको शय्यामा पनि नेल लगाउने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालको ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आग्रहसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको…