२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मुख्यमन्त्री पोख्रेल भन्छन्, वित्तीय र प्रशासनिक संघीयता अझै कार्यान्वयनमा आएन

बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक संघीयता धेरै अगाडि बढेपनि वित्तीय र प्रशासनिक संघीयता अझै कार्यान्वयनमा आउन नसकेको गुनासो गर्नुभएको छ । बुटवलमा आयोजित आर्थिक गतिविधि अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संघीयताको अर्थपूर्ण र सार्थक कार्यान्वयनका लागि वित्तीय र प्रशासनिक संघीयता प्रदेश तहमा पनि आउनुपर्नेमा ती दुबै अझै आइनसकेको गुनासो गर्नुभएको…