काठमाडौं । महासमिति बैठक बस्न २३ दिन मात्रै बाँकी रहँदा नेपाली कांग्रेसले बैठकको तयारी तीव्र पारेको छ। गुटगत राजनीतिको छिनोफानो र आगामी भविष्य निर्धारण गर्नका लागि मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक बस्दैछ। बैठक काठमाडौंको भृकुटीमण्डपमा बस्नेछ। कांग्रेसले यअिघि नै काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा स्थानीय व्यवस्थापन समितिसमेत गठन गरिसकेको छ। उक्त बैठकको तयारीका लागि…