एजेन्सी । क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा युभेन्ट्सले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको छ । मंगलबार राति च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको हो । युभेन्ट्सको जितमा रोनाल्डोले दुई गोल गरे । सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोनाविरुद्ध उत्रिएका थिए । मेस्सी र रोनाल्डोको भिडन्तको रुमपा…