ढाका । घरेलु टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै नेपाल एक खेल अगावै प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालको जितले माल्दिभ्सले पनि एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्दैछ । यो खेलमा जित हात पारे नेपाल शीर्षस्थानको टुङ्गो लगाउनेछ ।…