एजेन्सी । इडी एनकेटियाले आफू उच्च फर्ममा रहेको प्रमाण दिएपछि आर्सनलले गए राति इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गतको खेलमा फियोरेन्टिनामाथि ३–० को प्रभावशाली जित निकालेको छ। नयाँ सिजन सुरु हुनुपूर्व पछिल्ला वर्षहरूमा नियमित गरिँदै आएको इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गत इङलिस प्रिमियर लिगको टोली आर्सनलले इटालियन प्रतिद्वन्द्वी फियोरेन्टिनालाई निराश पार्दा एनकेटियाले दुई गोल गरे। बुधबार बायर्न म्युनिखविरुद्ध अन्तिम समयमा…