काठमाण्डौ । थाइल्याण्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टिमलाई राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले बिदाई गरेका छन् । बिदाई समारोहमा सदस्य सचिव विष्टले नेपाली महिला क्रिकेट टिमलाई पनि तलब भत्ताका लागि आईसीसीसँग पहल गर्ने प्रतिवद्धता जनाए ।…