२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

पियरीसँग बार्सिलोनाले गर्‍यो ३ वर्षको सम्झौता

काठमाडौं ।स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर पियरी एम्रिक अबुमियाङसँग ३ वर्षको सम्झौता गरेको छ। बार्सिलोनाले बुधबार उनीसँग २०२५ सम्मको लागि सम्झौता गरेको हो। ३२ वर्षीय इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार पियरीलाई बार्सिलोनाले जनवरी सरुवा बजारको अन्तिम दिन सोमबार अनुबन्ध गरेको थियो। डिसेम्बरमा अनुशासनको कारबाहीमा परेपछि मैदान बाहिर रहँदा आएका उनीबाट आर्सनलले कप्तानीको जिम्मेवारीसमेत खोसेको थियो।…