१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बागलुङ दुर्घटनामा परेका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो



गुल्मी, साउन ९ –
बागलुङको बडिगाड गाउँपालिका–५ अन्तर्गत ग्वालीचौरको बादिपमा भएको जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । ध १ ज १८४ नम्बरको पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाको उपचारका लागि काठमाडौं लगिएको हो । घाइतेहरुको अवस्था गम्भीर भएकोले नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडांैंस्थित ग्राण्डी अस्पतालमा पठाइएको छ ।
सोमबार बिहान भएको दुर्घटनामा ४ जनाको घटना स्थलै ज्यान गएको थियो । अन्य ६ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–८ भिम बहादुर शेर्वुजा, सोही स्थानका टेक बहादुर पाइजा, दिपशिखा पाइजा, बालमाती पाइजा, दिनेश पाइजा, र बडिगाड गाउँपालिका–५ का भिम बहादुर श्रीसलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।
दुर्घटनामा परि ज्यान गुमाएका बडिगाड गाउँपालिका–४ का ४२ वर्षका हुमेन काउचा, बडिगाड गाउँपालिका–८ का ६० वर्षका मुक्त पाइजा सोही ठाउँका ३६ वर्षका नरबहादुर शेर्वुजा र गाडी चालक बडिगाड गाउँपालिका–४ का ३५ वर्षका तुल बहादुर पुनको शव पोष्टमार्टमको लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको बडिगाड गाउँपालिका प्रमुख मेहरसिंह पाइजाले बताउनु भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  ११ : २७ बजे