७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जीवन रक्षाको लागि सहयोग गरिदिन आग्रह



जितेन्द्र खत्री, साउन ९, अर्घाखाँची—
अर्घाखाँची जिल्लाको भुमीकास्थान नगरपालीका वडा नम्वर २ जुरलनेटा बस्ने साबित्रा परियार ग्यासमा खाना पकाउने क्रममा ग्यास लिग भएर गम्भीर घाइते भएकी छन् ।
१६ बर्षिय साबित्रा आगोले जले पछि हल न चल भएकी छन् । अति नै बिपन्न परिबारमा जन्मीएकी साबित्राका वुवा आमा ईष्टमित्रकोमा कपडा सिलाएरै जिबीका चलाएका छन् ।
गम्भीर घाइते साबित्रालाई जिल्ला अस्पताल अघाखाँचीमा सामान्य उपचारपछि बुटवल पठाइएको र बुटवलमा पनी उपचार सम्भव नदेखीएपछि भैरहवा रिफर गरेको थियो । आफ्ना ईष्टमित्रहरुबाट सापटी स्वरुप ऋण लगेको पैसा उपचार गराउंदा गराउंदै सकिएपछि आर्थिक अभावका कारण उपचारको बिचैमा आमाले गम्भिर घाईते साबित्रालाई अर्घाखाँची जिल्ला अस्पतालमा ल्याएकी छ्न
रिण काडेर लगेको ८० हजार सकियो अरु पैसा जम्मा गर्न आफुसंग कुनै उपाय छैन नसकेपछी के गरु बाध्य भएर लिएर हिँडे । अब त कोहि दयालु मन भएका मान्छे भए उपचार गरेर बचाउने हो नभए त जे जस्तो परेपनी चित्त बुझाउनु पर्यो ।
आखामा आँसु झार्दै आफ्नो बिलौना पोखिन । सन्धिखर्कका युबा समाजसेवी कर्णजंग रायमाझी ज्युले त्यो दर्दनाक अबस्था देखेर जिल्लाका समाजसेवी व्यक्तित्व सहयोगी विसी खबर गर्नुभयो र अस्पताल गएर उनको जीवन रक्षाका लागि फेसबुक मार्फत सहयोगको याचाना गर्नुभयो ।
बिरामिलाई उपचार गर्ने हो भने निको हुने डाक्टरको भनाइका आधारमा आर्थीक अभियानलाई अगाडि बढाउने योजना बनाई डाक्टरहरुको सल्लाहमा बिरामीलाई उपचारको लागी पाल्पा पठाउने बताईएको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीबाट सकेजती सुबिधा र उपचार गरेका छौ अस्पताल का डाक्टरको भनाई छ । कल्कलाउदो उमेरकी कक्षा ९ मा अध्ययन गर्ने निजलाई थोरै(थोरै रकम जम्मा गरेर यो पुन्यकार्यमा सरिक भई धेरै ठाउँबाट सहयोग आएको साबित्रा बचाउँ अभियानमा लगेका सहयोगी बिसीको भनाई छ ।

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  ११ : ३३ बजे