८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कांग्रेसमा वागि सहित असहयोग गर्नेलाई कारवाहिको सिफारिस



कपिलवस्तु, श्रावण ९ ।
नेपाली कांग्रेस शिवराजनगर समिति कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा पार्टिका उम्मेद्वारहरुलाई असहयोग गरेको भन्दै २४ जनालाई कारवार्हीको लागी सिफारीस गरेको छ ।
नगरसमीतीको आइतबार वसको समिक्षा वैठकले शिवराज नगरपालीकामा नेपाली काग्रेसका विरुद्ध वांगी तथा असहयोग गर्नेहरुको नामावली जिल्ला अनुसासन समितिमा सिफारीस गरिएको कांग्रेस शिवराजले वताएको छ ।
शिवराज नगरपालीकामा नेपाली कांग्रेसको जित निश्चित हुदा हुंदै पनि पार्टि भित्रवाटै अन्तरघातका कारण पराजय भोग्नु परेको वैठकले निष्कर्ष निकालेको छ ।
पार्टि भित्र वसेर अन्तर्रघात, असहयोग तथा स्वतन्त्र उम्मेदावरी दिएकाहरुलाई कारवार्हीको सिफारीस गरिएको नगर सचिव कृष्ण थापाले जानकारी दिनुभयो । थापाका अनुसार वडा न ५ चन्द्रौटावाट जमसेर अली मिंया, हरिप्रसाद पोख्रेल, मकवुल मिया, रामप्रसाद वन्जाडे, विष्णु पोख्रेल, मधुसुदन कोईराला, कृष्ण प्रसाद पौडेल, रिता पौडेल, कृष्ण विक्रम जिसी, ओम सारु र सुरेश जयसावाललाई कारवार्हीको लागी सिफारीस गरिएको उहाले बताउनुभयो ।
त्यस्तै वडा न २ वाट आत्मराम पाण्डे, वडा न ४ वाट सर्जु गुप्ता, नुरउल्लहख खांन हुकुमदार मुसलमान, त्रिलोकी यादव, रामवरण वढई र करमुल्ला धुनियालाई सिफारीस गरिएको छ । वडा न ११ वाट दुखहरण यादव, वडा न १० वाट सविर पठान, वडा न ६ वाट रामसम्मुत यादव, जग्दीस कुर्मी, तौलेश्वर प्रसाद चौधरी वडा न ७ वाट पुजारी प्रसाद चौधरीलाई कारवार्ही सिफारीस गरिएको कांग्रेसले जनाएको छ ।
नगर सभापती समेत रहेका चौधरीलाई भर्खरै सम्पन्न नगर कार्यपालीकाको निर्वाचनमा पार्टिलाई असहयोग गरेको भन्दै कारवार्हि सिफारीस गरिएको वताईएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसवाट वडा अध्यक्षका उम्मेदावरहरुले आफु तथा पार्र्टीलाई असहयोग गरेको भन्दै वताएको नामको आधारमा कारवार्हीको लागी सिफारीस गरिएको नगर समितिले वताएको छ । जिल्लामा सिफारीस भएका नामहरु जिल्ला अनुशासन समितिले छानवीन गरेर कारवार्ही प्रक्रीया अगाडी वढाउने काग्रेसले वताएको छ ।
उता जिल्ला प्रचार विभाग प्रमुख प्रकाश घिमिरेका अनुसार नगर तथा क्षेत्रलाई निर्वाचनमा असहयोग गर्नेको नामावली संकलन गरि जिल्लामा सिफारिस गर्न सर्कुलर जारी गरेर र सबै नामावलि संकलन भएपछि कारवाहि प्रकृया अगाडी बढाइने बताउनुभएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  ११ : ४२ बजे