१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

असल राजनिति अहिलेको आवश्यकता



दीपक अनुरागी
आजभोली अंग्रेजी भाषाको प्रयोग जुन सुकै क्षेत्रमा पनि व्याप्त छ । चाहे साहित्य होस, चाहे प्रशासनमा होस, चाहे राजनितिमा होस, चाहे पत्रकारितामा होस । जता ततै अंग्रेजी भाषाको युज्ड भएको पाइन्छ । हुन त हामी नेपालीहरु टुटे फुटे अंग्रेजी बोल्न जाने बडो ज्ञानी भएको ठान्दछौ । उदाहरणको लागी आफ्नो नामा लेख्न नसक्नेले पनि डाक्टर, डक्टर, डाटर साब भनेर बोलाएको हामी सुन्छौ । चिकित्सक भनेर भन्यौ भने बुज्न गाहे पर्छ । नेपाली भाषा विज्ञलाई किन यस्तो भयो भनेर प्रश्न ग¥यो भने जवाफ एउटै आउछ, आगुन्तुक भाषाको प्रभाव हो । त्यहि आगुन्तुक भाषाको सामान्य प्रभाव राजनिति भाषामा पनि प्रयोग भएको हामी पाउन्छौ । हुन त राजनिति गर्ने व्यक्तिको औपचारिक अध्ययन कम भए पनि राजनितिक रुपमा खेलाडी नै हुन भन्नको लागी हामीलाई अप्ठयारो अवश्य छैन्, ।
एक कक्षा बाट दुईमा बढुवा हुनको लागी आफ्नो मान्छे चाहिदैन्, नत धन चाहिन्छ, न त कलिलो मन नै । केहि चाहिदैन्, मात्र चाहिन्छ लेखन । लेखन मात्र होइन्, प्रश्नको उत्तर सहि लेख्नु पर्दछ । त्यो संसारमा भएको सर्वमान्य प्रक्रिया हो । कुरा यहाँ राजनितिको छ । राजनिति गर्नको लागी कुनै औपचारिक हिसाब, किताब गरेर पास हुने पक्कै होइन् । त न नेता बन्नको लागी त्यहि अनुसारको पढाई नै छ । नेता बन्नको लागी कला चाहिन्छ । लिडरशिप लिन सक्ने क्षमता चाहिन्छ । स्पष्ट बोली बचन हुनु आवश्यक छ । यति कुरा भएन् भने नेता बन्न सकिन्न । यो लेखकले बनाएको नियम हो । तर सरकारले होइन्, न त राजनिति गर्ने नेताले नै ।
आज भोली नेपालमा नेता बन्नको लागी अनौठो उपाएको नियम निस्किएको छ । त्यो हो गुट । फेरी अंग्रजी भाषाको प्रयोग गर्ने हामी बिहानी प्रहरमा साथी संगि देख्दा भन्न बानि लागेको हो । गुट मनिङ साथी ।
अंग्रेजीमा चाहे त्यो गुड मर्निङ होस चाहे गुर मर्निङ होस । भन्नु परेछ हामीलाई गुट मनिङ साथी । नेपालमा हाल सम्म १ सय ५० भन्दा बढी राजनितिक पार्टि छन् रे । फेरी भन्ने सुनेको मैले । गनेको छैन्, मेरो आत्मिय साथी मनोजले घोकेको सुनेको, मात्र लोक सेवामा खरिदारको परीक्षा दिने तयार गर्दा ताका ।
लोक सेवा दिने व्यक्तिलाई पनि दुःख दिन पुग्यो गुटले । किनभने नेपालमा १ सय ५० पार्टि जन्मेको एउटै कारण बनेको छ । गुटको राजनिति । राजनिति भनेको देशलाई सञ्चालन गर्ने निति हो । त्यो असल हुन्छ, व्यवहारिक हुन्छ, सर्व मान्य नभए पनि पार्टि मान्ने त अवश्य हुन्छ । तर हालको राजनिति असल हुन् सकेन, व्यवहारिक बन्न नकेन, न त पर्टि मान्ने नै बन्न पुग्यो । बडो दुखको कुरो । कारण गुट सिद्धान्तको राजनिति ।
पार्टि भनेको बिचार मान्ने समुहको साझा संगठन हो । त्यहाँ बहस हुन्छ, अन्र्तक्रिया हुन्छ, सबैको बिचार एकन्त्रित हुन्छ, सबैको भौतिक शरीरमा हुने अङ्ग एउटै भए पनि अनुहार फरक फरक हुन्छ । तर बिचार समुह चाहिँ एउटै हुन्छ । त्यो विरासत लाई जोगाउन जरुरी छ । आजभोली गुटको नामबाट हुने राजनितिले देशलाई अनिर्णयको बन्दि बनाएको छ । भाई फुटे गवार लुटो भन्ने उखान सबैको प्यारो बनेको छ । त्यो उखान पार्टि फुटाउनेलाई माजाक लाग्न सक्छ, उखान उखान नै हो जस्तो लाग्न सक्छ तर असल राजनिति बिचारको कार्यक्रर्तालाई राम्रो लाग्दैन् । त्यति कुरा नेताले बुज्नु पर्छ, भलै नेताले जनताको पिडा बुजेनन्, तर पनि आफ्नो पार्टिका कार्यकर्ताको त विचार त बुज ।
भर्खरैको राजनितिलाई केलाउदा डाक्टरको उपाधि पाएका पुर्व सम्माननिय प्रधानमन्त्री बनेका बाबुराम भट्टराईलाई थाहा छ । गुट भनेको के हो । पक्कै थाहा छ, तत्कालि नेकपा – माओबादी वैद्य समुह त्यागेर विप्लव माओबादीका महासचिव बनेका नेत्र विक्रम चन्दलाई । थाहा छ, मालेका सिपि मैनालीलाई, थाहा छ एमालेका बामदेव गौतमलाई, थाहा छ, फोरम नेपालका विजय गच्छेदारलाई, थाहा छ उपेन्द्र यादवलाई, थाहा छ सरद सिंह भण्डारीलाई, थाहा छ जेपी गुप्तालाई, थाहा छ, कांग्रेस नेता शेर बहादुर देउवालाई । अझै यस्तै यस्तै कति हो कति ।।
यतिका नेताबाट नेपाली जनताले के सिक्ने असल राजनिति कि गुट ? या पार्टिको दर्शन र सिद्धान्त ।।
यसको जवाफ असल राजनिति दलका कार्यकर्ताले सोध्नु पर्ने बेला आएको छ । भन्छन् बुढापाकाहरु असफल भएका हरु पुनः असफल हुन चाहँदैनन् । उनिहरु सफल हुन चाहन्छन् । काममा चेत खाएकाहरु पनि पुन ः गल्ति दोहो¥याउन चाहदैनन् । सज्जन बन्न चाहन्छन् । तर राजनिति गर्ने केहि नेपालका नेताहरु आफ्नो गल्तिबाट पाठ नसिकि पुनः गल्ति दोहो¥याउन खप्पिस छन् । लाग्छ त्यहि नै रछ कि क्या हो नेपालको असल राजनिति ।
इतिहासबाट गलितो पाठ सिकेका राजनेताहरु किन सचेत बन्न सकिरहेका छैनन् । यस्को बारेमा बुज्नु पनि जरुरी होला । उद्यपी विविध समस्या रहदा रहदै पनि गुट सिर्जना गराउने, पार्टि फुटाउने असल राजनिति नेता बन्नै सक्दैनन् । हो विचारमा प्रष्ट हुन सकिएन्, नेतृत्व पंक्तिले कसैका कुरा सुनेर पनि नसुने झै गरी निरङ्कुश शासन ल्यादेओ । यदि असल नेता तपाई हो । पार्टिको एक गुटको गोटिया तपाई होइन् भने त्यसको समाधान गर्ने पाटाहरु थुप्रै छन् । त्यो पाटा के के हुन्, भन्ने कुरा मलाई भन्दा तपाईलाई थाहा हुनु पर्ने हो । किनकि तपाई सिंगो राष्ट्र परिर्वतन गर्ने अभिपारा लिएर अगाडी बढ्नु भएको छ ।
विचारमा असहमती छन् भने सिंगो कार्यकर्ताको बिचमा विचार स्वच्छ तरिकाले राख्नु पर्दछ, आफ्नो पार्टिको हित र कार्यकर्ताको मर्म, धर्म बुज्नु पर्दछ, खुला छलफल राख्नु पर्दछ ताकि सबैका बिचारहरु एउटै हुन् । अनि बल्ल तपाईको जित हुन्छ । जित तपाईको यो मानेमा हुदैन्, गुट सिजर्ना गर्ने, आफ्नै पार्टिको कार्यकर्ता प्रति संकोचित धारणा बनाउने र राजनिति चरित्र माथि नै एक व्यक्तिको कारणले दुर्गन्धित बनाउनेको ।
राजनिति असल निति हो । तपाईले राजनिति सिकाएका आम कलिला कार्यकर्ताले भोली बिहान देश परिवर्तन गर्ने उद्देश्य लिएका छन् । संसार जित्ने लक्ष्य लिएका छन् । त्यति पनि गर्न नसकि लक्ष्य लक्ष्यमै सिमित राखि कमसेकम असल राजनिति संस्कार बसाल्ने प्रयास गर्नेछन् । त्यो गरिमालाई तपाईले बिर्सिएर पार्टि भित्र गलत गुट सिकाउन थाल्नु भयो भने तपाई असल नेता हुनै सक्नुहुदैन् । होला तपाई संग धन धैरै छ, सम्पत्ती धैरै छ, चाहेको गर्न सक्नुहुन्छ, पार्टि फटाउन सक्नु हुन्छ तर पछि तपाईलाई इतिहासले यो मानेमा सम्झने छैन् तपाई असल राजनिति गुरु हो । स्पष्ट वक्ता हो ।।
नेपालको इतिहासमा आज सम्म जति पार्टि फुटेका छन्, टुटेका छन् सबै त्यहि गुटबन्दीको कारण । गुटबन्दीले केहि छिन केहि व्यक्तिलाई नेता बनाउला तर दिर्घकालिन रुपमा त्यसले कति हानी गर्छ भन्ने देश परिर्वतन गर्ने महान लक्ष्य लिएर अगाडी बढ्न आटेका नेताले बुज्नु पर्ने हो । तपाई गुटबन्दी गर्ने नेतालाई यो पनि थाहा छ निरङ्कुश शासन धेरै समय टिक्न सक्दैन् भन्ने । नरङकुश राणाशासन तपाईले हटाउनुभयो, निर्दलिय पञ्चायतको पतन तपाईले गर्नुभयो, राजाको हैकम बादी शासनको तपाईले अन्त्य गर्नुभयो । जब यति धेरै राजनिति घटना क्रम तपाईले बुज्नु भएको छ, तपाई आफै सरीक बन्नु भएको छ भने जाबो निरङ्कुश अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव लगायतलाई तपाईले हटाउन सक्नु हुदैन् ? किन पार्टि नै फुटाउनु पर्ने, किन अराजक गुटबन्दी सिर्जना गर्नु पर्ने, किन गलत राजनिति हो भन्ने गराउनु पर्ने ?
अहिले देश चरम संकटमा छ, भारतले नेपाल माथि अघोषित रुपमा नाकाबन्दी गरेको छ, मधेस केन्द्रित दलका नेता भनाउदाहरुले संबिधानको गलत व्याख्या गरी आन्दोलन चर्र्काइरहेका छन् । सिंगो गरिब जनताको नाम लिई गरिब माथि राजनिति गरिरहेका छन् । यो प्रवृृत्तिको बिरोध गर्नुको साटो तपाई किन गुटको गोटिया बन्नुभएको छ, यसको जवाफ तपाई जस्ता विभिन्न पार्टिका गुटका गोटियालाई सोध्नु पर्ने भएको छ ।
गलतलाई गलत भन्न नसक्दा आज सिंगो देश अनिर्णयको बन्दी भएको छ । राजयसत्तामा पुगेर धन कमाउने उद्देश्य मात्र लिएर नेता बन्न खोज्नेको हठको कारण आज देश सिंगो नेताको कारण पिडित बनेको छ । त्यो तपाईलाई केहि चिन्ता छैन्, तपाईलाई यो मानेमा चिन्ता छ, बेमौसमी बाजा बजाई एकोहोरो गुटको राजनिति गर्ने । हो तपाईलाई केहि बिचारमा विमती हो भनेर आफ्ना कुरा मिडियामा राख्नु, तपाई संग भिजन छ भने स्पष्ट भिजन पेश गर्नु, यसो गरे यसो गर्दा कसो होला भन्नु, असहमती जायर गर्ने विभिन्न आधारहरु छन् । तर ति आधारहरु भुलेर आफ्नो गोरुको बाहे टक्का गरेर सिंगो नेपालको राजनिति बगार्न कसैले पाउदैन् । यति बिगार्न मन पराउनेहरुको पनि भविष्य छैन् । अबको राजनिति बिचारको हो, भिजनको हो, अध्ययशिलको हो । न कि बन्दुक उठाउने को हो, न गुटबन्दी गर्ने हो, न फोहोरी खेलमा रमाउन चाहनेको हो । भन्ने गर्छन् उखानमा एउटा बिग्रेको आलुले सयौ बोरामा रहेका सग्ला आलुलाई बिगार्छ भनेर । यहि उखान तपाई गुटका राजनिति गर्ने नेताले बुज्नु जरुरी छ ।

 

 

 

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  ११ : ४६ बजे