११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

एमाले नेता नेम्वाङ अस्पताल भर्ना



काठमाडौं, ९ साउन ।
नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् ।
‘मधुमेहको मात्रा एक्कासी बढेपछि नेम्वाङलाई सोमबार बिहान प्रदर्शनीमार्ग स्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको हो’, एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो । आज बिहान ८ स् ३० बजेतिर एक्कासि बान्ता गरेपछि अस्पताल भर्ना गरिएको हो ।’
उनका अनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएको पनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  २ : ४३ बजे