१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

१० हजार बढी जलापर्ण यात्रामा सहभागी



कपिलवस्तु, ९ साउन ।
साउन महिनाको दास्रो सोमवार तौलिहवा स्थित प्राचीन तौलेश्वर नाथ महादेव मन्दिरमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले जलापर्ण गरेका छन् । बाणगंगा नदीको रामघाट (भागिरथी नदी ) नदीमा स्नान गरि सो मन्दिरमा जलापर्ण गरेका हुन् । आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरि उनीहरुले महादेवलाई नदीको जल सोमबार विहान अर्पण गरेका थिए । जर्लापणको लागि भारतको शोहरतगढ सहीत जिल्लाको विभिन्न स्थानबाट तिर्थालुहरु तौलिहवा आएका थिए । आराध्य देव शिवको प्यारो महिना साउन त्यस्मा पनि सोमवारका दिन स्नान गरी शिव मन्दिरमा जलापर्ण गर्नाले पाँप नाश भई पुण्यफल मिल्ने भक्तजनहरुको बिश्वास छ । साउनमा पर्ने सोमवारका दिन ब्रत बसी जलापर्ण गर्नाले मनोकांक्षा समेत पुरा हुने भन्दै उनीहरु जलपर्ण यात्रामा सहभागी भएका थिए । सदरमुकाम देखि ५ किमी टाढा रहेको नदी बाट भक्तजन तथा बालबालिकाहरुले जल लिएर घस्रदै “बोल बम” भन्दै मन्दिरमा आइ जर्लापण समेत गरेका थिए । साउन महिनाको सोमवारका लागि स्थानीय प्रशासनले बिशेष सुरक्षा ब्यवस्था मिलाएको छ । जलयात्रामा स–साना बालबालिका देखि युवा, महिला तथा बृद्धहरुले समेत पहेलो वस्त्र धारण गरी काधमा कावर लिएर सहभागी रहेका थिए । मन्दिरमा भक्तजनहरुलाई बिभिन्न संघ संस्था र ब्यक्तिहरुले प्रसादको समेत ब्यस्था गरेका थिए । साउन महिनामा मन्दिरमा हुने भक्तजनहरुको चापलाई मध्य नजर गर्दै मन्दिरमा बिशेष प्रबन्ध मिलाईएको मन्दिर ब्यवस्थापन समितिका बनारसी बर्माले बताए ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  २ : ५४ बजे